काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४८ हजार १७७ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार नतिजा सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
उनका अनुसार अन्य जीपीए समूहमा रहेका विद्यार्थीहरूको विवरण यस प्रकार छ:
३.२ देखि ३.६ जीपीए ल्याउने: ८१ हजार ३८५ जना
२.८ देखि ३.२ जीपीए ल्याउने: ८९ हजार १२४ जना
२.४ देखि २.८ जीपीए ल्याउने: ४८ हजार ४७९ जना
२ देखि २.४ जीपीए ल्याउने: ४ हजार १२६ जना
१.६ देखि २ जीपीए ल्याउने: ८ जना
यसपटक १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको पनि अध्यक्ष शर्माले जानकारी दिएका छन्।
यसैगरी, १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गिकृत (नन-ग्रेडेड) भएको छ। ती विद्यार्थीहरूले मौका परीक्षा दिने अवसर पाउने बोर्डले जनाएको छ।
प्रदेशगत विवरण
२०७८ सालको एसईईमा प्रदेशगत रूपमा पास भएका विद्यार्थीहरूको संख्या यसप्रकार छ:
कोशी प्रदेश: ४५,८३५ जना
मधेश प्रदेश: ५९,७४९ जना
बाग्मती प्रदेश: १,१९,५१७ जना
गण्डकी प्रदेश: ४७,८४९ जना
लुम्बिनी प्रदेश: ५७,६८७ जना
कर्णाली प्रदेश: ४६,४५५ जना
सुदूरपश्चिम प्रदेश: ५९,८०४ जना
परीक्षा विवरण
२०७८ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।


