Sunday, April 26, 2026
Homeशिक्षाएसईई नतिजा आज साँझ ५:३० बजे सार्वजनिक हुने

एसईई नतिजा आज साँझ ५:३० बजे सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा शुक्रबार साँझ ५:३० बजे सार्वजनिक हुने बताएका छन्।

शर्माका अनुसार पहिलो चरणको बोर्ड बैठक सकिएको छ भने अर्को बैठक अपराह्न ४ बजे बस्ने र त्यसपछि साढे ५ बजे नतिजा सार्वजनिक गरिनेछ।

एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका