Saturday, June 6, 2026
Homeखेलकुदएनपीएलमा आज दुई रोमाञ्चक खेल: जनकपुर–चितवन र पोखरा–कर्णाली भिडन्त

एनपीएलमा आज दुई रोमाञ्चक खेल: जनकपुर–चितवन र पोखरा–कर्णाली भिडन्त

काठमाडौं — राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेल बिहान ११:४५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ, जहाँ साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। लगातार चार खेलमा हार बेहोरेर तालिकाको पुछारमा पुगेको जनकपुर बोल्ट्सले प्लेअफको आशा जोगाइराख्न आजको खेल जित्नैपर्ने दबाब छ। चार खेलमा दुई जित हात परेको चितवन राइनोज भने जितसँगै प्लेअफ सम्भावना मजबुत बनाउने लक्ष्यमा छ।

दोस्रो खेल अपराह्न ४:०० बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच हुनेछ। दुवै टोलीका लागि यो खेल प्लेअफ प्रवेशका लागि निर्णायक मानिएको छ। चार खेलमा एकमात्र जित निकालेको पोखरालाई आजको जितले प्लेअफ यात्रा सहज बनाउनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका