Friday, July 31, 2026
Homeखेलकुदएनपीएल दोस्रो संस्करण मंसिर १ देखि सुरु, ८ टोलीको प्रतिस्पर्धा

एनपीएल दोस्रो संस्करण मंसिर १ देखि सुरु, ८ टोलीको प्रतिस्पर्धा

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै एनपीएल मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

यस पटकको प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो वर्ष सम्पन्न पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको क्यानले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका