Saturday, June 6, 2026
Homeखेलकुदएनपिएलमा आज दुई रोमाञ्चक भिडन्त: कर्णाली–लुम्बिनी र काठमाडौँ–विराटनगर आमनेसामने

एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त: कर्णाली–लुम्बिनी र काठमाडौँ–विराटनगर आमनेसामने

काठमाडौँ — राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुने भएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछन्।

लुम्बिनी लगातार दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो। कर्णालीको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा चितवनसँग पराजित कर्णालीले आज जित निकाल्ने लक्ष्य राखेको छ।

यस्तै, दोस्रो खेल दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच हुनेछ। करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो। सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका