Saturday, June 6, 2026
Homeखेलकुदएनपिएल–२: आज चितवन–काठमाडौँ र कर्णाली–विराटनगर भिड्दै

एनपिएल–२: आज चितवन–काठमाडौँ र कर्णाली–विराटनगर भिड्दै

काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई रोचक खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच हुनेछ। दोस्रो खेल अपराह्न ४:०० बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुने तय भएको छ।

चार अङ्कसहित चितवन अङ्क तालिकाको तेस्रो स्थानमा छ, जबकि काठमाडौँले तीन खेलबाट दुई अङ्क मात्र जोडेको छ। तीन खेलमै दुई अङ्क बटुलेको कर्णाली याक्स प्लेअफ आशा जोगाइराख्न आज अनिवार्य जितको दबाबमा छ।

उता, छ अङ्कका साथ दोस्रो स्थानमा रहेको विराटनगर किङ्सले आजको खेल जितेमा प्लेअफ यात्रा झनै सहज हुने छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका