Monday, August 24, 2026
Homeअन्तराष्ट्रियइरानविरुद्ध ‘ठूलो आर्थिक आक्रमण’ सुरु गर्ने अमेरिकी अर्थमन्त्री बेसेन्टको चेतावनी

इरानविरुद्ध ‘ठूलो आर्थिक आक्रमण’ सुरु गर्ने अमेरिकी अर्थमन्त्री बेसेन्टको चेतावनी

काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।

बेसेन्टले सोमबार बिहान सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानको सैन्य शक्ति कमजोर पारिएको र अब आर्थिक मोर्चामा ठूलो अभियान सुरु हुने बताएका छन् ।

बेसेन्टका अनुसार ट्रम्प प्रशासनले इरानका करिब १०० प्रतिशत सैन्य कारखाना नष्ट गरेको र इरानको आणविक कार्यक्रम समाप्त पारेको दाबी गरिएको छ ।

‘अब हामी अन्तिम चरणमा पुग्दै छौँ । बिहान हुनासाथ आर्थिक मोर्चामा एउटा ठूलो अभियान सुरु हुनेछ, जुन कुनै पनि विरोधीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक आक्रमण हुनेछ,’ बेसेन्टले लेखेका छन् ।

उनले इरानी शासनले धम्की र दबाबका माध्यमबाट आफ्नो सत्ता टिकाउँदै आएको आरोप लगाउँदै अमेरिकाको कारबाहीलाई वार्तामार्फत रोक्न सकिने विश्वास अब समाप्त भएको बताएका छन् ।

बेसेन्टले ट्रम्पको नेतृत्वमा अमेरिकाले इरानविरुद्ध उपलब्ध सबै आर्थिक अधिकार र उपाय प्रयोग गर्न सक्ने अवस्था सिर्जना भएको दाबी गरेका छन् । उनका अनुसार इरानी शासनलाई सहयोग पुग्ने सबै आर्थिक बाटो बन्द गर्दै उसलाई पूर्ण रूपमा एक्ल्याउने अमेरिकी लक्ष्य रहेको छ ।

‘हाम्रो लक्ष्य त्यस तानाशाही सरकारलाई सहारा दिने हरेक आर्थिक बाटो बन्द गर्नु हो, जबसम्म इरानी शासन पूर्ण रूपमा एक्लो हुँदैन,’ उनले भनेका छन् ।

यद्यपि, बेसेन्टले आफ्नो एक्स पोस्टमा अमेरिकाले इरानविरुद्ध तत्काल कुन–कुन ठोस आर्थिक कदम चाल्न लागेको हो भन्नेबारे विस्तृत जानकारी दिएका छैनन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका