Saturday, June 6, 2026
Homeसूचना प्रविधिआज विश्व टेलिभिजन दिवस : सञ्चारको प्रभाव र भूमिकाको सम्मान

आज विश्व टेलिभिजन दिवस : सञ्चारको प्रभाव र भूमिकाको सम्मान

काठमाडौँ । आज विश्व टेलिभिजन दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा यो दिवस मनाइन्छ।

निर्णय प्रक्रिया, जनमत निर्माण, शान्ति–सुरक्षा तथा विकाससँग सम्बन्धित विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घ महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी विश्व टेलिभिजन दिवस मनाउने घोषणा गरेको थियो।

टेलिभिजन सूचना आदानप्रदान गर्ने, समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने तथा सार्वजनिक धारणा निर्माणमा सहयोग पुर्‍याउने महत्वपूर्ण सञ्चार माध्यमका रूपमा मानिन्छ।

यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरी विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै ठाउँमा भेला गराएर बदलिँदो विश्वमा टेलिभिजनको भूमिका, प्रभाव र अन्तरराष्ट्रिय सहकार्य विस्तारका विषयमा छलफल गरेको थियो। त्यसयता, हरेक वर्ष नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका