Wednesday, September 16, 2026
Homeसामाचारराष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गोरखाकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गोरखाकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ प्रोक छाकगाउँकी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।

गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएकाले थप उपचारका लागि उनलाई हवाईमार्गबाट काठमाडौं ल्याइएको हो। दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा भर्ना गरिएको छ।

दुर्गम तथा विकट क्षेत्रका जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको जीवनरक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका