काठमाडौँ: सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छन्। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज तोकिएको समयमा बस्न लागेको हो।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘विद्युत् विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सुरु हुनेछ। उक्त बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीसम्बन्धी विषयमा छलफल हुनेछ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीलाई सहभागी हुन बोलाइएको छ।
यस्तै, बिहान ११ बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ मा दफावार छलफल हुने कार्यसूची रहेको छ।


