आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ ।
बुधबार राति भएको तीन खेलको सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको हो ।
यसअघि भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।
अफगानिस्तानसँग पराजित भएपछि भारतको सेमिफाइनल पुग्ने सम्भावना जीवितै छ । भारत ३ खेलबाट २ अंक जोडेर चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको नामिबियाले तीन खेलबाट दुई अंक जोडेको छ । पुछारमा रहेको स्कटल्याण्ड अंकविहीन छ ।पाकिस्तान ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ र सेमिफाइनलमा पुगेको छ । दोस्रो स्थानमा रहेको अफगानिस्तान चार खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ । अन्तिम खेलमा न्युजिल्याण्डलाई हराएमा अफगानिस्तान पहिलो पटक सेमिफाइनल पुग्ने आशामा हुनेछ । स्कटल्याण्डलाई हराउँदै न्युजिल्यान्ड दोस्रो खेलमा ३ खेलबाट जित हात पार्दै ४ अंकसहित तेस्रो स्थानमा पुगेको छ । जितसँगै न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ ।स्कटल्याण्ड भने लगातार तेस्रो हारसहित सेमिफाइनल होडबाट बाहिरिएको छ ।


