काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ।
दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो।
कोलकाताको जितमा फिन एलेनले अविजित १ सय रनको शतकीय पारी खेले। यस्तै, क्यामरुन ग्रीनले ३३ रन तथा अजिन्क्या रहाणेले १३ रनको योगदान दिए। दिल्लीका अक्षर पटेलले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।
दिल्लीका लागि पथुम निसान्काले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले। आशुतोष शर्माले ३९ रन बनाए भने अक्षर पटेलले ११ रन जोडे।
कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले समान २–२ विकेट लिए भने क्यामरुन ग्रीनले १ विकेट हात पारे।
यस जितसँगै कोलकाता १० खेलबाट ९ अंकसहित तालिकाको सातौँ स्थानमा पुगेको छ। एक खेल बढी खेलेको दिल्ली ८ अंकसहित आठौँ स्थानमा रहेको छ।


