Sunday, April 26, 2026
Homeशिक्षाअस्थायी शिक्षकहरुलाई उमेरहद नलाग्ने, पास हुन नसक्नेलाई ‘गोल्डेन ह्याण्डसेक’

अस्थायी शिक्षकहरुलाई उमेरहद नलाग्ने, पास हुन नसक्नेलाई ‘गोल्डेन ह्याण्डसेक’

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयक शिक्षक र विद्यार्थी दुवैप्रति उत्तरदायी हुनेगरी तयार गरिएको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले विधेयकलाई “जागिरेमुखी होइन, उत्पादनमुखी शिक्षा” को लक्ष्यसहित अघि बढाइएको स्पष्ट पारे।

उनका अनुसार, शिक्षक महासंघका पदाधिकारीहरूले आफूहरुसँग एक प्रकारको सहमति गरे पनि बाहिर फरक धारणा व्यक्त गर्ने गरेका छन्। थापाले महासंघका अध्यक्ष, महासचिवलगायतसँग पटक–पटक छलफल गरी अधिकांश विषयमा सहमति भएको बताए। तर, महासंघले अस्थायी शिक्षक सबैलाई स्थायी बनाउन आग्रह गरे पनि सरकारले उक्त प्रस्ताव अस्वीकार गरेको उनले जानकारी दिए।

सभापति थापाले अस्थायी शिक्षकलाई प्रतिस्पर्धामा सहभागी गराउन उमेर सीमा नलाग्ने व्यवस्था गरिएको उल्लेख गरे। साथै, आयोगको परीक्षा पास गर्न नसक्ने शिक्षकलाई ‘गोल्डेन ह्याण्डसेक’ मार्फत सम्मानपूर्वक विदाइ गर्ने प्रावधान ऐनमा समावेश गरिएको पनि उनले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका