काठमाडौँ— अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि उपयोगी सूचना! काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो एजुकेशन कन्सल्टेन्सीको आयोजनामा ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२५’ हुने भएको छ। शैक्षिक मेला यही साउन २७ गते (१२ अगष्ट) देखि सुरु भई पाँच दिनसम्म चल्नेछ।
मेलामा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहनेछ। विद्यार्थीहरूले कुन शहर र विश्वविद्यालय आफूलाई उपयुक्त हुन्छ भन्नेबारे विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श गर्न पाउनेछन्। साथै, अष्ट्रेलियाका शैक्षिक संस्थाहरूको भौतिक संरचना, कोर्स चयन, लाग्ने खर्च, स्कलरशिप, तथा आईईएलटीएस र टोफेल तयारीसम्बन्धी विषयमा अनुभवी काउन्सलरहरूमार्फत विस्तृत जानकारी प्रदान गरिनेछ।
फेयरमा सहभागी हुने विद्यार्थीहरूमध्ये १० भन्दा बढीलाई आईईएलटीएस र टोफेल तयारीको निःशुल्क सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ। पाँच दिनसम्म चल्ने मेलामा राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति पनि समावेश गरिनेछ, जसले शैक्षिक जानकारीसँगै मनोरञ्जन पनि प्रदान गर्नेछ।


