Wednesday, June 3, 2026
Homeखेलकुदअल्वानियामाथि स्पेनको जित

अल्वानियामाथि स्पेनको जित

स्पेनिस राष्ट्रिय टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा स्पेनले अल्वानियालाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा स्पेनलाई जित दिलाउन फेरान टोरेस र डानी ओल्मोले एक एक गोल गरे । उता अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी खेलेको स्पेनले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।

७५ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । उता अल्वानियका लागि उजुनीले ८५ औं मिनेटमा गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए । ९० औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका