Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियअमेरिकामा एक व्यक्तिले छुरा प्रहार गरी चार जनाको हत्या गरे

अमेरिकामा एक व्यक्तिले छुरा प्रहार गरी चार जनाको हत्या गरे

काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले छुरा प्रहार गरी चार जनाको हत्या गरेका छन् ।

कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

रकफोर्ड शहरका प्रहरी प्रमुखले यस मामिलामा २२ वर्षीय युवकलाई पक्राउ गरी सोधपुछ भइरहेको बताएका छन् ।

हत्याको कारण भने खुल्न नसकेको उनले बताए ।

घटनामा ज्यान गुमाउनेमा सबैभन्दा कम उमेर १५ वर्षकी बालिका र ६३ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका