Sunday, July 5, 2026
Homeअन्तराष्ट्रियअमेरिका भ्रमणमा पाकिस्तानी सेनाप्रमुख मुनिर, वासिङ्टनमा विरोधको तयारी

अमेरिका भ्रमणमा पाकिस्तानी सेनाप्रमुख मुनिर, वासिङ्टनमा विरोधको तयारी

इस्लामाबाद: पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिर अमेरिका भ्रमणका लागि निस्किएका छन्। उनी शनिबार, जुन १४ मा वासिङ्टन डिसीमा आयोजना हुने अमेरिकी सेनाको २५० औं वार्षिकोत्सव समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुँदैछन्। सोही दिन अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ७९औं जन्मदिनसमेत परेको छ, जसको अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ।

जनरल मुनिरको पहिलो अमेरिका भ्रमण सन् २०२३ मा भएको थियो, जहाँ उनले अमेरिकी रक्षा सचिव लोयड अस्टिन, विदेश सचिव एन्टोनी ब्लिन्केन र संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए।

तर, यसपटकको भ्रमण अघि नै पाकिस्तानभित्र विरोधका स्वरहरू उठ्न थालेका छन्। पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) ले मुनिरको भ्रमणका बेला विरोध गर्ने चेतावनी दिएको छ। पीटीआईका विदेश मामिला सचिव सज्जाद बुर्कीले शनिबार वासिङ्टनस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गर्न अपिल गर्दै एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “पाकिस्तानका जनताले वर्तमान सरकारसँग कुनै पनि सम्झौता स्वीकार गर्ने छैनन्।”

यसैबीच, अमेरिका–पाकिस्तान सम्बन्धबारे पनि अमेरिकी धारणा केही परिवर्तित देखिएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का प्रमुख जनरल माइकल कुरिल्लाले अमेरिकाले भारत र पाकिस्तान दुवैसँग सम्बन्ध सन्तुलित रूपमा कायम राख्नुपर्ने बताएका छन्।

मंगलबार अमेरिकी संसदको सशस्त्र सेवा समितिमा बोल्दै उनले भने, “इस्लामिक स्टेट खोरासान (आईएसआई–के) को खतरासँग लड्न पाकिस्तानी सेना महत्त्वपूर्ण छ।” उनले पाकिस्तानलाई आतंकवादविरुद्धको लडाइँमा ‘बलियो साझेदार’ को रूपमा वर्णन गरे।

जनरल कुरिल्लाले भने, “यो कुनै बाइनरी स्विच होइन कि एकसँग सम्बन्ध राख्दा अर्कोसँग राख्न नसकिने। हामीलाई दुबै मुलुकसँगको सम्बन्धका फाइदाहरू विचार गर्नुपर्छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका