काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित अमेरिकाले नेपालसहित ३० देशका राजदूत तथा वरिष्ठ कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाएको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपाललगायत विभिन्न देशस्थित दूतावासबाट राजदूत र उच्च पदस्थ अधिकारीलाई स्वदेश फर्कन निर्देशन दिएको जनाएको छ। यस निर्णयसँगै नेपालसहित अल्जेरिया, बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, कोट डी आइभोर, इजिप्ट, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्शल टापुहरू, पपुवा न्यु गिनी, फिलिपिन्स, भियतनाम, आर्मेनिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो, स्लोभाकिया, ग्वाटेमाला र सुरिनाम प्रभावित भएका छन्।
ट्रम्प प्रशासनको यस निर्णयबाट विशेषगरी अफ्रिकी महादेशका देशहरू बढी प्रभावित भएका छन्। कूटनीतिक तहमा आएको यस परिवर्तनले अमेरिका–अफ्रिका सम्बन्धसहित विश्वव्यापी कूटनीतिक गतिविधिमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ।


