Sunday, June 28, 2026
Homeखेलकुदअन्तिम मिनेटको गोलले चितवन र झापा बीचको खेल बराबरीमा टुङ्गियो

अन्तिम मिनेटको गोलले चितवन र झापा बीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ: दोस्रो हाफको अतिरिक्त समयमा गोल खान पुगेपछि एफसी चितवनले नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा झापा एफसीसँग अंक बाँड्न बाध्य भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो।

खेलको २८औँ मिनेटमा टेरिक जेब्रनले गरेको गोलमार्फत चितवनले अग्रता लिएको थियो। तर, खेलको अन्त्यतिर झापाका अलहाजी गिरोले इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा फर्काए।

यो बराबरीसँगै तालिकाको शीर्ष स्थानमा रहेको एफसी चितवनले तीन खेलबाट सात अंक बनाएको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गरेको थियो।

झापा एफसीको पनि तीन खेलबाट तीन अंक भएको छ। झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्ससँग बराबरी खेलेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका