लिग–२ मा छैटौँ स्थानमा रहँदै नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

लिग–२ मा छैटौँ स्थानमा रहँदै नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा छैटौँ स्थान हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

नेपालले लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा सोमबार घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको थियो।

ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७० रन मात्रै बनाउन सक्यो। यससँगै नेपालले लिग–२ को अन्तिम खेलमा महत्त्वपूर्ण जित निकालेको हो।

लिग–२ मा नेपालले ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थानमा प्रतियोगिता समाप्त गरेको छ। प्रतियोगिताभर नेपालले १४ खेलमा जित निकाल्दा २० खेलमा पराजय भोगेको छ।

अन्तिम खेलमा ओमानलाई पराजित गर्दै स्वदेश फर्किएको नेपाली टोलीले लिग–२ को यात्रा छैटौँ स्थानमा रहेर टुंग्याएको छ।

तस्बिर स्रोत: नेपाल लाइब्रेरी  

लिङ्क सफलतापूर्वक कापि गरियो!