काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्ससँग तथा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछन्।
दिनको पहिलो खेलमा दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ। यता कर्णाली भने यसअघि खेलेका दुवै खेल जित्दै अपराजित रहेको छ।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।
तीन खेल खेलिसकेको सुदूरपश्चिमले एक खेलमा मात्र जित हासिल गरेको छ। यस्तै, चितवनले एक खेलमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अङ्क बाँडेको छ।