काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोएल्समा अनुबन्ध भएका वेस्ट इन्डिजका स्पिन बलिङ अलराउण्डर फाबियन एलेन नेपाल आइपुगेका छन्।
उनको आगमनसँगै सुदूरपश्चिम रोएल्सको विदेशी खेलाडी टोली थप बलियो हुने अपेक्षा गरिएको छ। स्पिन बलिङसँगै आक्रामक ब्याटिङ गर्न सक्ने क्षमता भएका एलेनको उपस्थितिले टोलीलाई ब्याटिङ र बलिङ दुवै पक्षमा थप विकल्प उपलब्ध हुने विश्वास गरिएको छ।
सुदूरपश्चिम रोएल्सले एलेनको अनुभव र अलराउण्ड प्रदर्शनबाट प्रतियोगितामा फाइदा पुग्ने अपेक्षा गरेको छ।