एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै, जनकपुरलाई जित्नैपर्ने दबाब

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै, जनकपुरलाई जित्नैपर्ने दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई जित्नैपर्ने दबाब छ भने सुदूरपश्चिम जित हासिल गर्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा मैदान उत्रिनेछ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा रहेको छ।

यसअघिका एनपीएल संस्करणमा यी दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन खेलमा जित निकालेको छ भने जनकपुरले एक खेल जितेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!