विराटनगरविरुद्ध टस जितेर काठमाडौंले रोज्यो बलिङ

विराटनगरविरुद्ध टस जितेर काठमाडौंले रोज्यो बलिङ

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगर किंग्सले भने पहिले ब्याटिङ गर्नेछ।

चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। यस्तै, दुई खेल खेलेको काठमाडौंले एक जित र एक हार बेहोर्दै दुई अंकका साथ सातौँ स्थानमा छ।

आजै सम्पन्न पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो।

लिङ्क सफलतापूर्वक कापि गरियो!