नेपाल प्रिमियर लिगको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि

नेपाल प्रिमियर लिगको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि विभिन्न श्रेणीमा टिकटको मूल्य निर्धारण गरिएको हो।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, नकआउट चरणअन्तर्गत एलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!