एनपीएलमा आज चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

एनपीएलमा आज चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। खेल मध्यान्ह १२ बजे सुरु हुनेछ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ भने चितवनको नेतृत्व कुशल मल्लले गर्नेछन्।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले सम्हाल्नेछन्।

प्रतियोगिताको पहिलो दिन हिजो भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्। प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।

लिङ्क सफलतापूर्वक कापि गरियो!