काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल हुने छैन।
प्रतियोगितामा भोलि शनिबार भने दुई खेल हुने तालिका छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
त्यस्तै, दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।