एनपीएलको विजेतालाई १ करोड ५० लाख, पुरस्कार राशिमा उल्लेख्य वृद्धि

एनपीएलको विजेतालाई १ करोड ५० लाख, पुरस्कार राशिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो।

क्यानका अनुसार प्रतियोगिताको उपविजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ।

यसअघि एनपीएलको दोस्रो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी, उपविजेता टोलीले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ पाएका थिए।

दोस्रो संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ४० लाख रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, उपविजेताको पुरस्कार २९ लाख, तेस्रो हुने टोलीको १५ लाख र चौथो हुने टोलीको पुरस्कार १५ लाख रुपैयाँले बढाइएको छ।

पुरस्कार राशिमा गरिएको वृद्धिले प्रतियोगितालाई थप आकर्षक बनाउनुका साथै सहभागी टोलीबीचको प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!