एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री शाहको उपस्थितिलाई मध्यनजर गर्दै उद्घाटन समारोहका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस्तै, विभिन्न क्षेत्रमा कमान्ड पोस्ट स्थापना गरी एक सयभन्दा बढी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ।

उद्घाटन समारोहपछि आज साँझ ५ बजे सुरु हुने पहिलो खेलमा गत संस्करणका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

प्रतियोगिताको पहिलो दिनमै गत संस्करणका फाइनलिस्टबीच प्रतिस्पर्धा हुन लागेकाले क्रिकेटप्रेमीहरू उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले पनि यस संस्करणको एनपीएललाई थप आकर्षक बनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!