आईसीसी एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा उक्लियो

आईसीसी एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा उक्लियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको पुरुष एकदिवसीय विश्व वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ।

नेपालले ३३ खेलबाट ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अगाडि अमेरिका १५औँ स्थानमा छ भने नामिबिया १७औँ स्थानमा रहेको छ।

एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा भारत रहेको छ। न्यूजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!