Sunday, November 8, 2026
Homeअर्थ र ब्यापारसुन चाँदीको मूल्य घट्यो, तोलाको कति?

सुन चाँदीको मूल्य घट्यो, तोलाको कति?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार ८८ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ।

तेजावी सुनको मूल्य ८८ हजार २५० कायम गरिएको छ। तेजावी सुन पनि आज तोलाको २ सय रुपैयाँ घटेको हो।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ३५ रुपैयाँ घटेर ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको ११ सय ५५ मा काराेबार भएकाे थियाे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका