Sunday, June 7, 2026
Homeखेलकुदफेलिक्सलाई भित्र्याउने बार्साको प्रयास असफल

फेलिक्सलाई भित्र्याउने बार्साको प्रयास असफल

बार्सिलोनाले एथलेटिको म्याड्रिडका स्टार फरवार्ड जोआ फेलिक्सलाई ऋणमा भित्र्याउन चाहेको थियो । तर, बार्साको यो प्रस्तावलाई एथलेटिकोले अस्विकार गरेको छ ।

गोल डटकमका अनुसार यी खेलाडीका एजेन्ट जर्ज मेन्डिसमार्फत बार्साले प्रस्ताव अघि बढाएको थियो । तर, एथलेटिको म्याड्रिडले फेलिक्सलाई ऋण पठाउने वा बेच्ने कुनै योजना बनाएको छैन । बरु, यी खेलाडीलाई आफ्नो क्लबको भविष्य ठानेको छ ।

एथलेटिकोले लगातार दोस्रोपटक ला–लिगा जित्ने लक्ष्य राखेको छ । गत सिजन क्लबलाई ला–लिगा जिताउन फेलिक्सले पनि महत्वपूर्ण भूमिका निभाएका थिए । २१ वर्षीय फेलिक्स २०१९ मा बेनफिकाबाट १२ करोड ६० लाख युरोमा एथलेटिको आएका थिए ।

त्यसयता, उनले डिएगो सिमोनीको प्रशिक्षणमा नियमित रुपमा खेलिरहेका छ । उनले ५८ पटक ला–लिगा खेल्दै १३ गोल र ६ पटक एसिस्ट गरिसकेका छन् । उनले पोर्चुगलका लागि १८ खेलमा ३ गोल गरिसकेका छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका