Sunday, June 7, 2026
Homeअर्थ र ब्यापारपर्यटनमा कोरोनाको कहर, व्यवसायी भन्छन्– जनयुद्ध र भूकम्पलाई माथ गर्‍यो

पर्यटनमा कोरोनाको कहर, व्यवसायी भन्छन्– जनयुद्ध र भूकम्पलाई माथ गर्‍यो

कोभिड–१९ का कारण डेढ वर्षदेखि पोखराको पर्यटन व्यवसाय ठप्प छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पोखराका पर्यटकीय गन्तव्यहरु लामो समयदेखि सुनसान भएका छन् । पर्यटन क्षेत्र ठप्प भएसँगै व्यवसायी र यो क्षेत्रमा आश्रित मजदूरहरु मारमा परेका छन् ।

पहिलो पटक ९ महिना र पछि पटकपटक लगाइएको निषेधाज्ञाका कारण पर्यटनसँगै सबै क्षेत्र ठप्प बन्यो । आर्थिक क्रियाकलाप बन्द भए । पर्यटक आगमन ठप्प भएपछि पोखराको पर्यटनसमेत धरापमा प¥यो ।

विनाशकारी भूकम्पले थला परेको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिन लागेको अवस्थामा सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपछि व्यवसायीले करोडौं लगानी बढाएका थिए तर, अपेक्षा गरेभन्दा ठिक उल्टो भएपछि उनीहरु लगानी डुब्ने अवस्थामा पुगे ।

पहिलो पटक घोषणा गरिएको लकडाउन ९ महिनापछि गत मंसिरमा अन्त्य भएसँगै पोखरेली पर्यटन बजारमा केही चहलपहल हुन थालेको थियो । तर, पुनः कोरोना संक्रमण बढेपछि सरकारले निषेधाज्ञा लागू गर्दा व्यवसायीमा तनाब बढेको छ ।

पर्यटकीय क्षेत्र लेकसाइडमा विगत दुई दशकदेखि ट्रेकिङ्ग व्यवसाय गर्दै आएका बागलुङका नारायण सापकोटाले २०७२ को महाभूकम्प, नाकाबन्दी र १० वर्षको जनयुद्धको समयमा भन्दा पनि कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताए । ‘कोरोना भाइरसको संक्रमणसँगै व्यापार चौपट भएको छ,’ उनले भने, ‘२०७२ को भूकम्प र १० वर्षको जनयुद्धको समयमा समेत अहिलेको जस्तो व्यवसाय चौपट भएको थिएन । हल्काफुल्का व्यापार भएको थियो, अहिले त व्यवसाय ठप्पै भयो ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका