Sunday, September 20, 2026
Homeराजनीतिसंविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री...

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताएका हुन् ।

उनले संविधानले नेपाली जनतासामु विविधताबीच एकता कायम गर्ने, सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्ने तथा विकास, समृद्धि र सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

प्रधानमन्त्री शाहले बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई सरकारका लागि केवल संवैधानिक सर्तका रूपमा नभई राष्ट्रिय जीवनका आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र क्रियाशील भएन भने त्यो एउटा कागज मात्र बन्नेछ।’

प्रधानमन्त्री शाहले राजनीतिक व्यवस्था परिवर्तन, सुशासन तथा नागरिक अधिकारका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले हालै भएको ‘जेन्जी आन्दोलन’का क्रममा ज्यान गुमाएका युवाहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गरे ।

त्यसैगरी, हालैको भोटेकोसी बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति पनि प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका