काठमाडौं। श्रीलंकाका ब्याटिङ अलराउन्डर चरिथ असलंका नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्।
सन् २०२१ देखि श्रीलंकाको राष्ट्रिय टोलीमा रहेका असलंकाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ खेलबाट १ हजार ४६६ रन बनाएका छन्।
असलंकाले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा इन्टरनेसनल लिग टी–२० लगायत विभिन्न फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन्।
उनले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।
सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा र आक्रामक ब्याटरका रूपमा स्थापित भएका छन्।


