मुगु । मुगु केन्द्रबिन्दु भएर बुधबार बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ।
प्रारम्भिक विवरणअनुसार बिहान महसुस गरिएका दुई भूकम्पको तीव्रता क्रमशः ४.५ र ४.२ म्याग्निच्युड रहेको बताइएको छ।
लगातार दुई पटक भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरण भने प्राप्त हुन बाँकी छ।


