Sunday, September 13, 2026
Homeअन्तराष्ट्रिययमनमा द्वन्द्व चर्किएसँगै विस्थापन बढ्यो, ७६ हजार प्रभावित

यमनमा द्वन्द्व चर्किएसँगै विस्थापन बढ्यो, ७६ हजार प्रभावित

काठमाडौं । यमनमा द्वन्द्व चर्किएसँगै विस्थापनको सङ्कट पनि गम्भीर बन्दै गएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार, जुलाईमा हुथी विद्रोहीले साउदी अरबमाथि नौसैनिक नाकाबन्दीको घोषणा गरेयता हालसम्म करिब ७६ हजार मानिस विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसङ्घले पछिल्लो एक सातामै विस्थापित हुने मानिसको सङ्ख्या करिब चार गुणाले बढेको जनाएको छ। सरकार समर्थित सुरक्षा बल र इरान समर्थित हुथी विद्रोहीबीच तीव्र बनेको द्वन्द्वका कारण ठूलो सङ्ख्यामा मानिस घर छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।

बीबीसी फारसीका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सार्वजनिक गरेको प्रतिवेदनमा यमनमा तीव्र गतिमा बढिरहेको विस्थापन सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

प्रतिवेदनअनुसार धेरै परिवार रातको समयमा समेत घर छाडेर सुरक्षित स्थानको खोजीमा निस्किरहेका छन्। विस्थापित मानिसका लागि पर्याप्त सुरक्षित आश्रयस्थल उपलब्ध नभएको भन्दै आईओएमले चिन्ता व्यक्त गरेको छ।

आईओएमका अनुसार विस्थापनका घटना विशेषगरी यमनको पश्चिमी तट र ताइज प्रान्तमा बढी देखिएका छन्। तीमध्ये ताइज सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ।

प्रतिवेदनअनुसार ताइज प्रान्तका विभिन्न क्षेत्रमा करिब ८ हजार ३०० परिवार, अर्थात् करिब ५० हजार मानिस, विस्थापित भएका छन्।

बढ्दो विस्थापनसँगै प्रभावित परिवारलाई सुरक्षित आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य आधारभूत मानवीय सहायता उपलब्ध गराउनु चुनौतीपूर्ण बन्दै गएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका