Sunday, September 13, 2026
Homeराजनीतिकांग्रेसको १५औँ महाधिवेशन ‘महाउत्सव’का रूपमा मनाइने

कांग्रेसको १५औँ महाधिवेशन ‘महाउत्सव’का रूपमा मनाइने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुने १५औँ महाधिवेशनलाई ‘महाउत्सव’का रूपमा मनाउने निर्णय गरेको छ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्दै ‘महाउत्सव’का रूपमा मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई १५औँ महाधिवेशनमा पनि सोही हैसियतमा कायम राख्ने निर्णय गरेको छ।

प्रवक्ता चालिसेका अनुसार महाधिवेशनको खुला तथा बन्द दुवै सत्र काठमाडौँमै आयोजना गरिनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका