Thursday, August 6, 2026
Homeअपराध र घटनाआकर्षक तलबको प्रलोभनमा ठगी : वैदेशिक रोजगारीका नाममा २४ लाखभन्दा बढी असुलेर...

आकर्षक तलबको प्रलोभनमा ठगी : वैदेशिक रोजगारीका नाममा २४ लाखभन्दा बढी असुलेर चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलब हुने भन्दै विभिन्न देश पठाइदिने प्रलोभन देखाएर २४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौं महानगरपालिका–४ बस्ने ४१ वर्षीय मनोहर मुडभरी, बाजुरा घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २६ वर्षीय अनिल मल्ल, कास्कीकी ३४ वर्षीया कमला पौडेल सुनार (टोखा नगरपालिका–१०) र पाँचथर घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेल रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मनोहरले मौरिसस पठाइदिने भन्दै एक जनाबाट ३ लाख ५० हजार रुपैयाँ, अनिलले कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार रुपैयाँ, कमलाले रोमानिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ र तुलसीरामले यूएई पठाइदिने भन्दै ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मनोहरलाई मंगलबार ललितपुर महानगरपालिका–३ बाट पक्राउ गरिएको थियो भने अनिललाई काठमाडौं महानगरपालिका–११, कमलालाई काठमाडौं महानगरपालिका–२६ र तुलसीरामलाई काठमाडौं महानगरपालिका–९ बाट बुधबार पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका