Friday, July 17, 2026
Homeअपराध र घटनादीपक भट्ट र सुलभ अग्रवाललाई तीन मुद्दामा धरौटी, सम्पत्ति शुद्धीकरण मुद्दाका कारण...

दीपक भट्ट र सुलभ अग्रवाललाई तीन मुद्दामा धरौटी, सम्पत्ति शुद्धीकरण मुद्दाका कारण अझै रिहा नहुने

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई तीन फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनीहरू ती तीन मुद्दामा रिहा हुने कानुनी अवस्था बने पनि तत्काल जेलमुक्त भने हुने छैनन्।

यसको कारण उनीहरूविरुद्ध दायर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा हो। उक्त मुद्दामा विशेष अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकाले उनीहरू हाल थुनामै रहनेछन्।

दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध विभिन्न आर्थिक तथा वित्तीय प्रकृतिका कसुरमा अनुसन्धानपछि मुद्दा दायर गरिएको थियो। तीमध्ये जिल्ला अदालत काठमाडौंमा विचाराधीन तीन मुद्दामा धरौटीमा रिहा गर्ने आदेश आएको भए पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनीहरूको थुनामुक्ति सम्भव नहुने कानुनी अवस्था रहेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दा अहिले विशेष अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दाको सुनुवाइ र अदालतको अन्तिम निर्णयपछि मात्रै उनीहरूको कानुनी अवस्थाबारे थप निर्णय हुने छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका