काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा आयोजना हुनेछ।
बैठकमा थारू आयोगको कामकारबाही, हालसम्मको प्रगति तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ। समितिले आयोगका गतिविधि, उपलब्धि र देखिएका चुनौतीबारे समेत समीक्षा गर्ने अपेक्षा गरिएको छ।


