काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार विभिन्न तरकारी र फलफूलको मूल्यमा फरक–फरक दर कायम गरिएको छ।
आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १५ रुपैयाँ, रातो लाम्चो आलु ३८ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५२ रुपैयाँ कायम गरिएको छ।
तरकारीतर्फ लोकल गाँजर ९० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, लाम्चो भन्टा १० रुपैयाँ र डल्लो भन्टा २५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तै, मटरकोसा १३० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, हाइब्रिड घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, तीते करेला १० रुपैयाँ, लौका १५ रुपैयाँ, लोकल परवर २० रुपैयाँ तथा घिरौला २० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० रुपैयाँ, डल्लो हरियो फर्सी १० रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
सागसब्जीतर्फ रायो साग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ, चम्सुरको साग ५० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउतर्फ कन्ये च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ तथा कुरीलो २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो २८० रुपैयाँ, नेपाली केरा २०० रुपैयाँ, कागती १४० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यसैगरी, लोकल काँक्रो ४० रुपैयाँ, हाइब्रिड काँक्रो १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, लोकल लिची २०० रुपैयाँ र भारतीय लिची ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।


