Sunday, May 24, 2026
Homeअन्तराष्ट्रियचीनमा फेरि देखियो दुर्लभ जंगली सेतो पाण्डा, स्वस्थ र सक्रिय अवस्थामा भेटियो

चीनमा फेरि देखियो दुर्लभ जंगली सेतो पाण्डा, स्वस्थ र सक्रिय अवस्थामा भेटियो

एजेन्सी । चीन को दक्षिणपश्चिमी सिचुआन प्रान्त मा विश्वकै दुर्लभ जंगली सेतो पाण्डा फेरि देखिएको छ।

विशाल पाण्डा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने वोलोङ क्षेत्रमा हिउँले ढाकिएको जंगल र बाँसका बगैंचाबीच उक्त सेतो पाण्डा घुमिरहेको अवस्थामा क्यामेरामा कैद गरिएको हो।

सन् २०१९ मा पहिलो पटक फेला परेको यो दुर्लभ अल्बिनो विशाल पाण्डा अहिले स्वस्थ, बलियो र जंगली वातावरणमा पूर्ण रूपमा अनुकूल भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

अनुसन्धान टोलीका अनुसार सन् २०२४ देखि २०२६ बीच रेकर्ड गरिएको भिडियो फुटेजले यस दुर्लभ जनावरको वृद्धि, व्यवहार र बाँच्न सक्ने क्षमताबारे महत्वपूर्ण जानकारी दिएको छ। (सीसीटीभीप्लस)

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका