काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ ।
राजपुरमा भएको खेलमा मुम्बईले दिएको १६७ रनको लक्ष्य बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।
बैंगलुरुको जितमा क्रुणाल पाण्ड्याले उत्कृष्ट ब्याटिङ गर्दै ७३ रनको अर्धशतकीय पारी खेले । जकोब बेथेलले २७ रन जोड्दा जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रनको योगदान दिए ।
मुम्बईका कोर्बिन बोशले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।
मुम्बईका तिलक वर्माले ५७ रनको अर्धशतकीय इनिङ खेले । नमन धिरले ४७ रन जोड्दा रोहित शर्माले २२, राज बावाले १६ तथा विल ज्याक्सले १० रन बनाए ।


