Saturday, April 11, 2026
Homeमनोरन्जनशम्भूजित बासकोटालाई लाइफटाइम, शिव र समिक्षा सर्वोत्कृष्ट गायक गायिका

शम्भूजित बासकोटालाई लाइफटाइम, शिव र समिक्षा सर्वोत्कृष्ट गायक गायिका

काठमाडौं । १६औं विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संगीतरत्न शम्भूजित बासकोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। उनलाई नगद १ लाख १ रुपैयाँसहित सम्मानपत्र, ट्रफी, दोसल्ला र मालाद्वारा सम्मान गरिएको हो।

यस वर्षको अवार्डमा लोकप्रिय गायक शिव परियार ‘परेली’ गीतबाट सर्वोत्कृष्ट आधुनिक गायक घोषित भए भने गायिका समीक्षा अधिकारी ‘के हेरेको टुलुटुलु’ गीतबाट सर्वोत्कृष्ट आधुनिक गायिका बनिन्। उनीहरूलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो।

११ विधामा आयोजित अवार्ड समारोहमा कला पत्रकारिता सम्मान पत्रकार पवन आचार्यलाई २५ हजार रुपैयाँसहित प्रदान गरियो। त्यस्तै प्रेमध्वज संगीतरत्न सम्मानबाट गायिका रचना रिमाललाई २५ हजार रुपैयाँसहित सम्मानित गरियो। गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँ राशिको विन्ध्यवासिनी संगीत साधना सम्मान प्रदान गरिएको थियो भने गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँसहित झलकमान लोक संगीत सम्मान दिइयो।

लोकदोहोरी विधातर्फ सर्वोत्कृष्ट गायिका ज्योति मगर ‘झ्याप्पै’ गीतबाट र सर्वोत्कृष्ट गायक अर्जुन सापकोटा ‘झलिको’ गीतबाट सम्मानित भए।

अवार्डकी अध्यक्ष लीना शर्मा रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै स्रष्टा कलाकारको सम्मानका लागि विन्ध्यवासिनी अवार्ड निरन्तर क्रियाशील रहेको बताइन्। उनले यस वर्ष विधा घटाएर ११ मा सीमित गरिएको जानकारी दिइन्।

कार्यक्रममा समीक्षा अधिकारी, सुमन कुमार श्रेष्ठ, अजर जंगम, पशुपति शर्मा र रचना रिमालले सांगीतिक प्रस्तुति दिएका थिए भने गुरुआमा फिल्म्सका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।

अन्य अवार्डतर्फ भूपेन्द्र बुढाथोकीले सर्वोत्कृष्ट शब्द रचना र पब्लिक च्वाइस अवार्ड दुवै जिते। शिव हमाल ‘मिर्मिरेमा बासेको भाले’ गीतबाट सर्वोत्कृष्ट संगीतकार घोषित भए। दिपक विष्टले ‘बैंशले जुरुक्क पा¥यो’ बाट भिडियो सम्पादनतर्फ अवार्ड जित्दा बुद्ध थापाले ‘ए आमा जाम भन्यो मलाई’ बाट सर्वोत्कृष्ट छायाँकारको अवार्ड पाए।

म्यूजिक भिडियो मोडेलतर्फ गीता ढुंगाना र प्रभातपाल ठकुरी ‘कता हिन्यौ साइला’ गीतबाट उत्कृष्ट ठहरिए भने रितु बोहराले ‘पैसा जोगाउन’ गीतबाट सर्वोत्कृष्ट नवगायन अवार्ड प्राप्त गरिन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका