Saturday, June 6, 2026
Homeखेलकुदविश्वकप छनोटको आशा जोगाउन नेपाल आज स्कटल्यान्डविरुद्ध निर्णायक खेलमा

विश्वकप छनोटको आशा जोगाउन नेपाल आज स्कटल्यान्डविरुद्ध निर्णायक खेलमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ ।

अघिल्लो चरणमा पुग्ने सम्भावना जीवित राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । तर जित मात्र पर्याप्त नहुने अवस्था छ । नेपालले स्कटल्यान्डलाई कति ठूलो अन्तरले पराजित गर्छ भन्ने कुराले पनि महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसका साथै, त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजामा पनि नेपालको भविष्य निर्भर रहनेछ ।

यदि नेपालले स्कटल्यान्डलाई पराजित गर्‍यो र थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो भने नेपाल र स्कटल्यान्ड दुवैको २–२ जितसहित ४ अङ्क हुनेछ । यस्तो अवस्थामा बलियो नेट रनरेट भएको स्कटल्यान्डलाई उछिन्न नेपालले ठूलो अन्तरको जित निकाल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा भने प्रतियोगिताबाट स्वतः बाहिरिनेछ र थाइल्यान्ड तथा स्कटल्यान्ड छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै छनोट भइसकेको छ ।

यस प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई पराजित गर्दै पुनरागमन गरेको थियो ।

१० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका