Thursday, June 11, 2026
Homeशिक्षाआज अन्तर्राष्ट्रिय शिक्षा दिवस: समावेशी र गुणस्तरीय शिक्षामा युवाको भूमिकामा जोड

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस: समावेशी र गुणस्तरीय शिक्षामा युवाको भूमिकामा जोड

काठमाडौं। आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदैछ। प्रत्येक वर्ष जनवरी २४ मा मनाइने यस दिवसले शिक्षा सबैका लागि आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र साझा दायित्वसमेत हो भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य राख्दछ।

संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति, दिगो विकास र समावेशी समाज निर्माणमा शिक्षाको भूमिकालाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय शिक्षा दिवसको घोषणा गरेको हो। यस दिवसले सबैका लागि समावेशी, समतामूलक तथा गुणस्तरीय शिक्षाको सुनिश्चितताको आवश्यकता औँल्याउँदै आएको छ।

संयुक्त राष्ट्रका अनुसार शिक्षा सबै नागरिकसम्म नपुगेसम्म लैङ्गिक समानता हासिल गर्न र गरिबीको चक्र तोड्न कठिन हुने निष्कर्ष निकालिएको छ।

यस वर्ष अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘शिक्षाको सह–निर्माणमा युवाको शक्ति’ रहेको छ। यस नाराले शिक्षालाई सरकार वा शिक्षण संस्थाको मात्र जिम्मेवारी नभई युवाको सक्रिय, सिर्जनशील र रचनात्मक सहभागिताबाट विकास हुने साझा प्रक्रियाका रूपमा व्याख्या गर्दछ।

संयुक्त राष्ट्र सङ्घले सन् २०२० सेप्टेम्बरमा आयोजना गरेको रूपान्तरणकारी शिक्षा शिखर सम्मेलनबाट अघि सारिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न यस वर्ष पनि विश्वभर राजनीतिक प्रतिबद्धता र सहकार्य सुदृढ गर्न आह्वान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका