Sunday, May 31, 2026
Homeअर्थ र ब्यापारसुन-चाँदीको मूल्य बढ्यो

सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९१ हजामा र तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा किचबेच भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैँया र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ। चाँदी तोलामा ५ रुपैयाँले वद्धि भएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका