Sunday, May 31, 2026
Homeअर्थ र ब्यापारप्यान नम्बर लिनेको संख्या झण्डै साढे ४० लाख

प्यान नम्बर लिनेको संख्या झण्डै साढे ४० लाख

सरकारले स्थायी लेखा नम्बर अनिवार्य गरेसँगै पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरू निकै बढेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कूल ४० लाख ४३ हजार ७ सय ९४ जनाले प्यान लिएका छन ।

मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेका छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५ सय ८६ पुगेको छ ।

करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९ हजार १ सय ३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७ सय ८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४ सय ९१ पुगेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका