Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रिय१६ वर्षअघिको कार्टुन र आजको विश्व राजनीति: ‘चेतावनी’ बनेको व्यंग्य

१६ वर्षअघिको कार्टुन र आजको विश्व राजनीति: ‘चेतावनी’ बनेको व्यंग्य

काठमाडौँ । करिब दुई दशकअघि सिर्जना गरिएको एउटा राजनीतिक कार्टुन फेरि एकपटक विश्वव्यापी चर्चाको केन्द्रमा आएको छ। भेनेजुएलासँग जोडिएका पछिल्ला अमेरिकी सैन्य गतिविधिपछि, सन् २००७ मा बनाइएको उक्त कार्टुनलाई धेरैले ‘अग्रिम चेतावनी’ का रूपमा व्याख्या गर्न थालेका छन्।

ब्राजिलका चर्चित राजनीतिक कार्टुनिस्ट कार्लोस लाटुफले तयार पारेको यो कार्टुनको शीर्षक “क्राइम इन प्रोग्रेस” थियो। त्यसबेला यसलाई अमेरिकी विदेश नीतिमाथिको व्यंग्यका रूपमा हेरिएको थियो। तर हालैका घटनाक्रमसँग जोडिएपछि यसले नयाँ अर्थ पाएको छ।

कार्टुनमा अंकल साम ह्वाइट हाउसमा बसेर फोनमा कुरा गरिरहेको देखिन्छ। उनको अगाडि अमेरिकाले अघिल्लो समय सैन्य हस्तक्षेप गरिसकेका देशहरूको सूची राखिएको छ। छेउमै “टु–डु” लेखिएको अर्को बाकसमा बोलिभिया, भेनेजुएला, क्युबा र इरान सूचीबद्ध छन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो कार्टुनलाई प्रयोगकर्ताहरूले अमेरिकी नीतिको दीर्घकालीन संकेतका रूपमा व्याख्या गरिरहेका छन्। कतिपयले यसलाई संयोग मानेका छन् भने कतिपयले कार्टुनिस्टको राजनीतिक दृष्टिकोण समयसँगै सान्दर्भिक साबित भएको टिप्पणी गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका